सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।
हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४।५ डिग्री पुगेको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।