सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने क्रम सकिएको छ ।
बाँकी स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा शनिवारै धारणा राखिसक्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अध्यक्ष, वरिष्ठ नेता र महासचिवले अन्तिममा विचार राख्नेछन् । आइतबारसम्म चल्ने बैठकले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्नेलगायतका विषयहरूमा छलफल भइरहेको खतिवडाको भनाइ छ । आइतबार नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने योजना रहेको नेताहरुले बताएका छन् । साभार रातो पाटी