बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
डिजिटल संचार सम्बन्धी अभिमुखिकरण कार्यक्रम

घोराहीमा स्वास्थ्य स्वयंसेविकाहरुलाई डिजिटल संचार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

शनिबार, मंसिर २९, २०८१

दाङ - दाङको घोराहीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई डिजिटल संचार सम्बन्धी अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । ग्लोबल एटु जेड कन्सल्टेन्ट प्रालिको आयोजना नेपाल वान एचडि र मानव कल्यान तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वयमा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कार्यक्रममा मन्त्री न्यौपानेले स्वास्थ्य स्वंयसेविकालाई सामाजिक संजालको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभएको छ । सामाजिक संजाल सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप भएको बताउँदै यसबाट नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउँदै लैजान आग्रह गर्नुभयो । उहाँले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले भोगेको समस्या प्रति आफु गम्भिर रहेको पनि बताउनुभयो । आफु यस विषयमा सकारात्मक रहेको बताउँदै उहाँले प्रदेशबाट पाउने सेवा सुविधामा वञ्चित नगराउका लागि आफुले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका अन्र्तगतका महिला सामुदायिक स्वास्थ्स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
त्यसअसरमा उनिहरुले आफुहरु विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएको भन्दै दुख व्यक्त गरेका थिए । सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन्।

कार्यक्रमको बारेमा जानकारी ग्लोबल ए टू जेड कन्सल्टेन्टका संयोजक प्रदीप मजगैयाले गराउनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, नेपाल टेलिकमका विजनेश अफिसर कृष्ण पौडेल, घोराही उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, नेपाल वान एच डिका अध्यक्ष मोनिका सिंह, नेपाल परिवार नियोजन सघंका निबर्तमान केन्द्रीय उपाध्यक्ष निर्मला गौतम, महिला स्वयसेवीका घोराही नगर अध्यक्ष विना खनाल , पत्रकार लक्ष्मी आचार्य लगाएतकाले मन्तव्य राख्नुभएको हो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव माया पोख्रेलले गर्नुभएको हो । खोज रफ्तार

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्