समाज

बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

शनिबार, मंसिर २९, २०८१
दंगीशरण गाउँपालिका

बुटवल - बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  बुटवल–१२ नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल जाने क्रममा दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको हो ।

बबइ गाउँपालिका

मृत्यु हुनेहरुमा ७१ वर्षीय तिलकराम खनाल, ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । उनीहरु दमको बिरामी रहेकी गौरीको उपचारका लागि अस्पताल जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको बुटवल प्रहरीले जानकारी दिएको छ ।

 सो जीप पूर्वपश्चिम राजमार्गको तिनाउ पुलभन्दा अगाडिको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्