राजनीति

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शर्मा हिमाल चढे

शनिबार, मंसिर २९, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - कहिले गीत गाउँदै गरेका त कहिले टेलिभिजन कार्यक्रम चलाइरहेका भेटिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यसपटक हिमाल आरोहणमा देखिनु भएको छ । उहाँले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको आरोहण गर्नुभएको छ । शर्माले हिमाल आरोहणको आफ्नो सपना पूरा गरेको बताउनुभयो ।

बबइ गाउँपालिका

महामन्त्री शर्माले हिमालको चुचुरोमा पुग्दाको अनुभव साट्दै भन्नु भयो, ‘स्वर्गीय आनन्दको अनुभूति त गरे नै, ग्लोबल वार्मिङका कारण हामीले दोस्रो पुस्तालाई कस्तो हिमाल हस्तान्तरण गर्दैछौँ भन्ने चिन्ता पनि मनमा आयो ।’

मंसीर २१ मा खुम्बु पदयात्रा शुरु गरेका शर्मासहित ५ जनाको टोली २७ गते राती ११ बजे आधारशिविरबाट शिखरतर्फ उक्लिएको थियो । ‘२८ गते बिहान ६ बजेर ४५ मिनेटमा पिकमा पुग्यौं,’ शर्माले भन्नु भयो।

करिब ४ वर्षअघिदेखि नै हिमाल आरोहणका लागि तयारी गर्दै आएको उहाँले बताउनु भयो । नियमित योगले मात्रै पुग्दैन भनेर फुटसल खेल्न थालेको अनुभव पनि सुनाउनु भयो । उहाँले हिमाल आरोहणको काम शारीरिक शक्तीभन्दा मानसिक र आत्मविश्वासको कुरा रहेको यस आरोहण यात्राका क्रममा बुझेको बताउनु भयो ।

उहाँले हिमाल आरोहणबाट फर्केपछि जलवायु परिवर्तनले हाम्रा हिमालमा पुर्‍याएको असरबारे नजिकबाट देख्न र बुझ्न पाएको धारणा राखे । संसद् र सम्बन्धित ठाउँमा यस विषयमा कुरा राख्ने उहाँको अठोट छ ।  साभार कान्तिपुर

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्