सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।
राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन ९मार्शल ल० लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।
विपक्षीले भने उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो । सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्तावमा भोटिङ हुन सकेको थिएन । त्यसपछि शनिबार ९आज० फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षबाट मतदान भएको थियो ।
संसदका सभामुख वु योन शिक अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो ।
संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए ।