आजकाे दैनिक राशिफल

आज २०८१ साल मंसिर २९ गते शनिबारको दैनिक राशिफल

शनिबार, मंसिर २९, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सहयोगिको भूमिका खेल्नु पर्ने देखिन्छ । आर्थिक क्षेत्रमा ठिकै रहला । चिसो बाट सावधानी रहनु होला । कार्यमा ढिलाई रहने समय देखिन्छ । अनाबश्यक खर्चमा बृद्धि रहने समय छ । आफन्तका लागि सहयोग बन्ने समय देखिन्छ । सोचेको काम नबन्नाले समस्या आउन सक्नेछ । दैनिक कार्यमा ठिकै छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
मनमा चन्चलता रहने देखिन्छ । बानीलाई सुधार गर्नुहोला । कुनै पनि कार्य लाई छिटो निर्णय नगर्नु होला । व्यापार व्यवसाय गरेका लाई फाईदा नै रहने समय छ । नयाँ काममा हात हाल्नु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । छेनिक कार्य बाट सफलता रहने समय देखिन्छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
धार्मिक तथा अध्यात्मिक कार्यमा सफलता रहने समय देखिन्छ । यात्राको समय छ । घर बाहिरका कार्यहरु बाट लाभ रहने छ । सामाजिक क्षेत्रमा क्रियाशील हुने समय छ । पशुचौपाय बाट ठिकै रहला । दैनिक कार्यमा खर्च बृद्धि रहनेछ । पैसा सापटि नदिनु तथा नलिनु राम्रो देखिन्छ । मेहनत बाट सफलता छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अध्ययन तथा अध्यापनमा सफलता रहनेछ । व्यापार व्यवसाय ठिकै रहला । कृषि कार्य बाट ठिकै रहने समय छ । रोजगार व्यापार बाट ठिकै रहनेछ । सामाजिक कार्य बाट लाभ रहने देखिन्छ । आफन्त तथा साथीहरु बाट साथ सहयोग अबश्य मिल्नेछ । बिगतका गल्ति कमजोरीलाई सुधार गर्ने समय छ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रमको मुल्य अवश्य मिल्ने देखिन्छ । रोजगारको लागि अवसर आउनेछ । व्यापार व्यावसाय गरेका लाई ठिकै रहनेछ । मेहनत मुखि कार्यमा सफलता रहनेछ । छेनिक तथा नसोचेको कामहरु बन्ने समय देखिन्छ । प्रतिस्पर्धामा सफलता रहनेछ । दैनिक कार्यमा समय अनुकल रुपान्तरण गर्ने समय रहेको छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफनो आबश्यकता भन्दा अरुको ईच्छा चाहना अनुसार अगाडि बढेमा सफलता रहने देखिन्छ । नसोचेको कार्यमा सफलता छ । आजको समयमा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जाने देखिन्छ । कार्यमा साथ र सहयोग गर्नेहरु प्रशस्त्र भेटिने देखिन्छ । अग्रज व्यक्ति सग भेटघाट गर्ने समय रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
बिगतका समस्याले गर्दा चिन्ता रहने देखिन्छ । घराँयसि कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । यात्रामा केहि समस्या आउला । स्वास्थ्यमा समस्या आउने छ । घर परिवारमा कुरा मिल्ने छैन । छिटो रिसाउने कारणले गर्दा समस्या आउला । निर्णय गर्दा सावधानी भएर अगाडि बढनु होला । अनाबश्यक तनाव होला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अनाबश्यक सोच चाहना राख्नाले कार्यमा ढिलाई हुने समय रहेको छ । दाम्पत्य तथा प्रेम  क्षेत्रमा उतावचडाव हुनेछ । घर परिवारमा ससाना समस्या आउनेछ । व्यापार व्यवसायमा भनेजति फाईदा उठाउन समस्या रहनेछ । महत्वकांक्षी बढि हुदा कार्यमा समस्या आउला । दैनिक कार्यमा लाग्दा सफलता छ ।

 धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
प्रतिस्पर्धामा असफलता रहला । अनाबश्यक धन खर्चमा बृद्धि रहने हुँदा केहि समस्या आउला । शैक्षिक क्षेत्रमा भने जति सफलता लिन नसकिने समय छ । मनमा चिन्ता तथा बौद्धिक प्रतिस्पर्धा गर्ने समय छ । मनोरन्जन तथा विलासितामा समय बित्ने देखिन्छ । सन्तानका लागि खर्च गर्नु पर्ने समय रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
तपाईको बोलिको प्रभाव पर्ने समय रहेको देखिन्छ । साहित्य तथा सिर्जनात्मक क्रियाकलापमा लाग्ने समय छ । अध्ययन अध्यापनमा सफलता रहनेछ । मान सम्मान मिल्ने समय छ । तपाईको बौद्धिकताको कदर हुनेछ । आर्थिक लाभ रहने रहला । सन्तानका लागि केहि रकम खर्च गर्ने समय छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
पारिवारीक गतिबिधिमा अर्थिक खर्च हुने समय छ । घर परिवार तथा आफन्तमा केहि असमझदारी बढने समय रहेको छ । रोजगार व्यापार व्यवसायमा परिश्रम बाट फाईदा नै रहने समय देखिन्छ । अग्रज व्यक्तिहरु सग केहि असमझदारी बढने समय छ । बादविवाद जस्ता क्षेत्रमा नफस्नु राम्रो होला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक कार्य बाट लाभ रहने समय देखिन्छ । अरुको सेवामा जुटने समय छ । तपाईका महत्वपूर्ण योजनाहरु पुरा हुने समय रहेको देखिन्छ । व्यापारमा फाईदा रहने छ । धार्मिक कार्यमा सरिक  हुने समय रहेको देखिन्छ । ल्याउनु पर्ने रकम प्राप्त  गर्ने समय छ । तपाईको बोलिको प्रभाव पर्ने देखिन्छ ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्