एक दिवसीय क्रिकेट सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बिहीबार, माघ २५, २०८०

काठमाडौँ - क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

बंगलाचुली गाउँपालिका

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोज्नुभएको हो । आजको खेलमा नेपालका लागि सूर्य तामाङ र रिजन ढकालले डेब्यु गर्नुभएको छ । 

यसअघि कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।

सिरिजअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा रोहितले टोलीले लामो तयारी गर्न नपाएपनि राम्रो खेल्ने बताउनुभयो थियो। ‘‘ हामीले यस सिरिजका लागि भनेर छुट्टै तयारी गर्न पाएका छैनौँ । तरपनि टिमको रूपमा दुई दिन अभ्यास गरेका छौँ । सियिनर खेलाडी प्रधानमन्त्री कपमा व्यस्त रहेको र जुनियर खेलाडी पनि भर्खरै यु–१९ विश्वकप खेलेर फर्किएकोले खेलाडीले भरपुर एक्पोजर पाइरहेका छौँ । नियमित खेलिरहेकोले सिरिज जित्ने लक्ष्य छ,’’ रोहितले भन्नुभयो ।

यस्तैगरी नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ । उहाँले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्ने सबै उत्साहित रहेको बताउनुभयो । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ । 

क्यानडाविरुद्ध नेपाल-११

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्