विश्व समाचार

सिरियामा अन्तरिम प्रधानमन्त्री मोहम्मद अल–बशीर नियुक्त

बुधबार, मंसिर २६, २०८१
दंगीशरण गाउँपालिका

एजेन्सी - सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभएको छ । बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो ।

बबइ गाउँपालिका

एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले उहाँ अर्को वर्ष मार्चसम्म पदमा रहन तयार रहेको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्दै सार्वजनिक सेवाहरू पुनः सञ्चालन गर्ने खबरमा उल्लेख छ । उहाँले अहिले इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।

एलेप्पो, हामा र होम्सपछि विद्रोहीले गएको आइतवार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताएका छन् । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्