अर्थ समाचार

शेयर बजार ६.३२ अंकले घट्या,े४ अर्ब ४१ करोड रुपैयाँको कारोबार

मंगलबार, मंसिर २५, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ  अाज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ ।

बबइ गाउँपालिका

मंगलबार नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित भएको हो । आज नेप्से ०।२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ ।

प्रि–ओपन सेसनमा झिनो अंकले घटेर सुरु भएको नेप्से बजार बन्द हुँदा पनि घट्दा ४ अर्ब ४१ करोड ३३ लाख २०  हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ ।

८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभर ३०३ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ७०५ पटक शेयर किनबेच भएको छ । बजार घट्दा निफ्राको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ४ समूह बढेको छ भने ९ समूह घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ०।३३ प्रतिशतले बढेर ६ हजार ७९७.८२ विन्दुमा पुगेको छ ।

त्यस्तै, होटेल तथा पर्यटन ०.२८ प्रतिशतले, लघुवित्त ०.१३ प्रतिशतले र ट्रेडिङ समूह ०.३० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूह १ प्रतिशतले घटेर १२ हजार ९७७.९१ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०।१५ प्रतिशतले, विकास बैंक समूह ०।५२ प्रतिशतले, फाइनान्स ०।७१ प्रतिशतले, हाइड्रोपावर ०।३३ प्रतिशतले, लगानी ०।७९ प्रतिशतले, म्युचुअल फण्ड ०।१७ प्रतिशतले, निर्जीवन बिमा ०।१९ प्रतिशतले र अन्य समूह ०।१६ अंकले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्