राजनीति

हाम्रो ध्यान सरकारतिर छैन, जनतातिर छ : अध्यक्ष प्रचण्ड

मंगलबार, मंसिर २५, २०८१
दंगीशरण गाउँपालिका

चितवन - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभयो ।

बबइ गाउँपालिका

मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो ।

हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ,ु प्रचण्डले भन्नु भयो । फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजनाबेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० नेपालको हितमा रहेको बताउनुभयो । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्