सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितका लागि एक सय चार रनको सामान्य लक्ष्य दिएको छ
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६।३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो ।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाउनुभयो । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०र१० रन जोड्नुभयो ।
पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिनुभयो । उहाँले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो । युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।