सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौ - आज हप्ताको तेस्रो दिन सुनको मुल्य एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको मुल्य तोलामा एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी मुल्य तोलामा ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ । हिजो चाँदीको मुल्य तोलामा एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ घट्न थालेको थियो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो ।