एनपिएलमा शिखर धवनले प्रति रनको १ लाख १९ हजार कमाइ

सोमबार, मंसिर २४, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा भारतीय पूर्व ओपनर शिखर धवनको आगमनले चर्चा र उत्साह अर्को स्तरमा पुग्यो । एनपीएलमा धवनसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिमी निशम र अष्ट्रेलिया बेन कटिङ जस्ता ठूला नाम खेल्नु भएको छ ।

बबइ गाउँपालिका

धवनलाई कर्णाली याक्सले चार खेल खेल्न नेपाल ल्याएको थियो । टिमका सहमालिक गृहेन्द्र घिमिरेले उहाँको अनुबन्धकै समयमा प्रतिखेल ३० हजार अमेरिकी डलरमा ४ खेलका लागि सम्झौता भएको बताउनु भएको थियो । यस अनुसार धवनले चार खेलमा १ लाख २० हजार डलर ९१ करोड ६२ लाख नेपाली रुपैयाँ० पाउनु हुनेछ ।

धवनबाट कर्णाली र समर्थकले जुन अपेक्षा गरेका त्यो किसिमको डोमिनेट प्रदर्शन भने गर्न सक्नु भएन् । तर उहाँले आफ्नो स्तर भने प्रस्तुत गर्नुभयो । कुल चार खेलमा धवनले १ सय ३६ रन बनाउनुभयो । रनको मात्र हिसाब गर्ने हो भने धवनले बनाएको प्रति रनको मूल्य कर्णालीलाई १ लाख १९ हजार पर्न गएको छ ।

धवनले ४ खेलमा कुल १ सय ११ बल खेल्दा १२ चौका र ६ छक्कासहित १३६ रन बनाउनुभयो । टी–२० क्रिकेट भनेको चौका र छक्काको ९बाउन्ड्री० को खेल हो । उहाँले चार खेलमा कुल १८ बाउन्ड्री हान्नुभयो ।

धवनको आगमनले मैदानभित्र त कर्णालीलाई फाइदा पुग्यो नै, मैदानबाहिर त्यो भन्दा बढी प्रभाव जमाउन सफल रह्यो । प्रायोजकहरुलाई आकर्षण गर्न धवनको प्रोफाइलले कर्णालीलाई सहयोग पुगेको थियो । यस्तै भारतीय क्रिकेट र नेपाललाई जोड्ने कडीको रुपमा धवन उभिनुभयो । उहाँको आगमनले कर्णालीको समर्थन गर्ने दर्शकको संख्या पनि बढेको थियो ।

सामाजिक संजालमा पनि धवन आउने खबरपछि धेरैले कर्णालीमा चासो बढाएका थिए । त्यसैले उहाँको अनुबन्धनले कर्णालीलाई मैदानभित्र मात्र नभएर अन्य क्षेत्रमा पनि फाइदा पुगेको देखिन्छ । उहाँले टिममा रहँदा बिताएको समयले पनि नेपाली खेलाडीलाई राम्रो अनुभव भएको छ ।

एनपिएलमा उहाँले जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्दा १४ बलमा ३ चौकासहित १४ रनमा आउट हुनु भयो । उहाँलाई क्यानडाका अलराउण्डर हर्ष ठाकेरले बोल्ड गर्नुभयो । उक्त खेलमा १४१ रन बनाएको भएको कर्णाली ८ विकेटले हार्न पुग्यो ।

दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध धवनले ५१ बलमा ४ चौका र ५ छक्कासहित कुल ७२ रनको अविजित इनिङ खेल्नुभयो । कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएपनि ३ विकेटले पराजित हुन पुगेको थियो ।

त्यसपछि धवनले चितवन राइनोजविरुद्ध ४१ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोड्दै कर्णालीलाई ६ विकेटको जित दिलानुभयो । उक्त खेलमा धवन नामिबियाका अलराउण्डर जेन निकोल लोफ्टी इटोनकै बलमा क्याच फिर्ता दिँदै आउट हुनु भएको थियो । यद्यपि अम्पायरलाई उक्त निर्णय दिन भने टिभी अम्पायरको सहारा लिएर पनि निकै समय लागेको थियो ।

आफ्नो अन्तिम खेलमा धवन विराटनगर किंग्ससँग ५ रनमा आउट हुनु भयो । उक्त खेलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सीले धवनलाई ५ रनमा बोल्ड आउट गर्नु भएको थियो । कर्णाली ६ रनले विजयी भएको थियो ।

धवन सुरुवातमा सर्वाधिक रन बनाउनेमा शीर्ष चारमा अटाउनु भएको छ । समान ३–३ खेलमा लुम्बिनीका रोहित पौडेल १४६, जनकपुर बोल्ट्सका लाहिरु मिलन्था १४४ र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी १३९ रनका साथ शीर्ष तीनमा हुनुहुन्छ । कर्णाली हाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । साभार सिन्धुली सौगात

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्