माैसम

हुम्लामा यो वर्ष पहिलोपटक हिमपात

सोमबार, मंसिर २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

हुम्ला : हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यो वर्ष ढिला गरी जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुशी भएका छन्। हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने बताइन्छ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ। हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्