समाज

अवैध लागूऔषधसहित ९ जना पक्राउ

आइतबार, मंसिर २३, २०८१
दंगीशरण गाउँपालिका

 काठमाडौँ - देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।

बबइ गाउँपालिका

शनिबार लागूऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत सुर्खेत, पर्सा, कैलाली र सिरहाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनीहरूको साथमा ब्राउन सुगर, चरेस, खैरो हेरोइनलगायत लागूऔषध भेटिएको थियो ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, चौखेढुंगाबाट करिब ५ ग्राम ५२ मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका २७ वर्षीय निशान्त खत्री र २५ वर्षीय राजन सिग्देल, पर्साको वीरगन्ज महानगरपालिका–१६, शंकराचार्य गेटबाट ४ किलो ३ सय ग्राम चरेससहित धादिङका २३ वर्षीय दीपेन्द्र दर्जी र सिरहाको कल्याणपुर नगरपालिका–३ इटाही प्रसाही बस्ने २१ वर्षीय अभिषेककुमार मण्डललाई मोटरसाइकल चेक गर्ने क्रममा ४ ग्राम ब्राउन सुगरसहित प्रक्राउ गरिएको हो ।

प्रहरीले कैलाली जिल्लाका फरक–फरक ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । टीकापुर–९ खक्रौलबाट ३ ग्राम ९ सय ८० मिलिग्राम खैरो हिरोइनसहित जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावल, २ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका–४ का २७ वर्षीय महेश भट्ट र धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय गोपाल रामजालीलाई ५ सय १० मिलिग्राम ब्राउन सुगरसहित कैलालीबाट प्रक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–८ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय ३० मिलिग्रामसहित २ जनालाई पक्राउ गरिएको थियो । सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय मनिष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरेशको साथबाट १ ग्राम ५ सय ९० मिलिग्राम र १ ग्राम ८ सय ४० मिलिग्राम ब्राउनसुगरसहित मनिषलाई पक्राउ गरिएको हो । साभार kantipur.com स्राेत https://ekantipur.com/national/2024/12/08/9-people-arrested-with-illegal-drugs-13-53.html

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्