अर्थ

शेयर बजार ४६ अङ्कले घट्यो,७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

आइतबार, मंसिर २३, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो ।

बबइ गाउँपालिका

आज सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्