समाज

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आइतबार, मंसिर २३, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

बबइ गाउँपालिका

पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।

कतै हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गरी वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।

महाशाखाका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको प्रभावले मंसिर २३ गते ९आइतबार० साँझदेखि मंसिर २४ गते ९सोमबार० रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ ।

त्यस्तैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले गत असोजमो ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको थियो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्