नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित 

शनिबार, मंसिर २२, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ -  नेपाल प्रिमियर लिग (एनपीएल) मा  कर्णाली याक्सले दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्जक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरयो । 

बबइ गाउँपालिका

जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन बनाउनुभयो । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउनन सकेनन् । 

बलिङमा कर्णालीका नन्दन यादवले तीन विकेट लिनुभयो । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

विलियमले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिनुभयो ।

उहाँले चार पुरै चार ओभर बलिङ गर्दै १७ रन खर्चिनुभयो । यस्तै वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिनुभयो । कर्णलीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको वराटनगरले तेस्रो हार खेपेको छ ।

यसअघि विराटनगरले लुम्बिनीलाई दुई विकेटले हराएको थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । यसअघि शनिबार नै भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्