सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनायो ।
कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेल्नुभयो । विलियमले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिनुभयो । उहाँले चार पुरै चार ओभर बलिङ गर्दै १७ रन खर्चिनुभयो । यस्तै वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिनुभयो ।
आज यी दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । कर्णालीले यसअघि तीन खेल खेलिसहेको छ । जसमा दुई हार र एक जितको नतिजा निकालेको छ ।
तीनवटै खेल सकेको विराटनगरले पनि दुई हार र एक जितको नतिजा आत्मसाथ गरेको थियो ।