बसले ठक्कर दिदा दुई वर्षिया बालिकाको मृत्यु 

बिहीबार, माघ २५, २०८०

बारा - बारामा बसले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ। सुवर्ण गाउँपालिका–३ सतगञ्जमा कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको मृत्यु भएको हो। 

बंगलाचुली गाउँपालिका

बुधबार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नम्बरको बसबाट आमासँगै ओर्लिने ‍‌क्रममा बालिकालाई अर्को बसले ठक्कर दिएको हो। आमासित बस चढेर मामाघर जाँदै थिइन्। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो। 

मृतक बालिका घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेका थिए। बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्