नेपाल प्रिमियर लिग

एन्ड्रिसको ऐतिहासिक शतकमा पोखराको पहिलो जित

शुक्रबार, मंसिर २१, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ओपनर एन्ड्रिज गौस र दिनेश खरेलको उत्कृष्ट साझेदारी सहयोगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित नेकालेको छ ।

बबइ गाउँपालिका

कीर्तिपुर मैदानमा टस हारेर १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका उत्रिएको पोखराले विकेट नगुमाई १७६ रन बनाएको हो ।

पोखराका आपेनरहरूले विस्फोटक ब्याटिङ गर्दा लुम्बिनीविरुद्ध सहज जित निस्किएको हो । एन्ड्रिज र दिनेशले पावर प्लेमा ८० रनको साझेदारी गरे ।

जारी प्रतियोगिताको पावर प्लेमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा १ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ।

त्यस्तैगरी जारी प्रतियोगितामा एन्ड्रिज र दिनेशको यो सबैभन्दा बढी १७६ रनको साझेदारी हो ।

यही खेलमा पोखराका ब्याटर एन्ड्रिजले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । अर्को ओपनर दिनेशले खरेलको पनि अर्धशतक प्रहार गरे । ४ चौका र ४ छक्काको सहयोगमा उनले ४६ बलमा ६१ रन प्रहार गरे ।

जारी प्रतियोगिता एकै टिमका खेलाडीले शतक र अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

पोखराले एनपीएलमा दुई खेल खेलेको छ । पहिलो खेलमा उसलाई चितवन राइनोजले ७० रनले हराएको थियो ।

उता लुम्बिनीले भने लगातार दोस्रो हार भोगेको छ । पहिलो खेलमा उसलाई विराटनगरले सर्वाधिक १९२ रनको चुनौती पछ्याउँदै निराश पारेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्