अर्थ समाचार

सुनको मुल्य तोलामा  ६ सय रुपैयाँ घट्यो

शुक्रबार, मंसिर २१, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ  -  आज सुनको मुल्य तोलामा  ६ सय रुपैयाँले घटेको छ । सुनको मुल्य ६ सयले घटेर तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।

बबइ गाउँपालिका

आज चाँदीको मुल्य भने बढेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्