नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग :चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै

शुक्रबार, मंसिर २१, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।

बबइ गाउँपालिका

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९ स् १५ बजेबाट सुरू हुनेछ ।


यस्तैगरी दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह १ : १५ बजेबाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा पोखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन्  ।

नेपाल प्रिमियर लिग गत शुक्रबारबाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको  प्रतियोगितमा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्