आजको राशिफल माघ २५ गते बिहिवार

बिहीबार, माघ २५, २०८०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तको सहयोगले आत्मा विश्वास बढने देखिन्छ । बिगतमा रोकिएको काम बन्नेछ । आफनो कार्यमा सफलता  मिल्ने देखिन्छ । आर्थिक आयआर्जनमय समय रहनेछ । जग्गा,जमिन भूमि बाट सफलता रहनेछ । सामाजिक कार्यमा सफलता रहनेछ । प्रयास बाट सोचेका धेरै कामहरु बन्नेछन ।

बंगलाचुली गाउँपालिका

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
स्वास्थ्यमा बाधा रहने छ । सहयोग गर्नेहरु बाट घात हुनेछ । व्यावसायिक खर्चको समय रहेको देखिन्छ । समाजिक कार्यमा बढि समय  दिनु पर्नेछ । केहि कार्यमा स्थगित  रहने देखिन्छ । समयले अलमलमा पार्नेछ । अरुको काममा समय दिनु पर्नेछ । तपाईको मेहनत बाट अरुलाई फाईदा रहनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
घरेलु कार्यमा  समय बढि बिताउनु पर्नेछ । शैक्षिक क्षेत्रमा प्राप्त मात्रामा समय दिन नसकिएला । बिगतका समस्याले अप्ठेरोमा पार्नेछ । आर्थिक लेनदेनमा  सावधानी  रहनु होला । व्यवसायमा लक्ष्य अनुसार फाईदा नहुन सक्नेछ । आजको दिन दौडधुप बढने समय छ । बादविवादमा नफस्नु होला ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्रामा केहि वस्तु हराउन सक्ने देखिन्छ । व्यापारमा फाईदा  रहनेछ । प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा  सफलता  रहनेछ । आफन्तमा असझदारी बढने देखिन्छ । केहि समस्यामय समय  रहनेछ । सोचेको काममा बाधा रहने देखिन्छ । आफुलाई मन पर्ने सामाग्री जोडने समय छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको प्रयास बाट कार्यहरु सम्पादन हुनेछन । भौतिक  सामागी्र जोडने समय रहेको देखिन्छ । यात्रामय समय आउन सक्छ । जिद्धि गर्ने बानीले दुख पाईला । प्रतिष्पर्धा बाट स्थापित रहने समय छ । सहि सोच र विचारले उत्साह मिल्नेछ । सहयोगीको ठिकै साथ सहयोग रहनेछ । बाँकी कार्य सम्पादन हुनेछन ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अप्ठरो पस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । पढाई लेखाईमा समय दिन नसकिएला । सन्तान तथा आफन्तको  साथ सहयोगले कार्यहरु वन्ने छ । व्यवसायमा ठिकै रहला  । वुद्धिको प्रयोग बाट सफलता रहनेछ । स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । समय अनुसार कार्य सञ्चालन गर्दा काम बन्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक क्षेत्रमा केहि विवाद रहनेछ । जोश जाँगर नलगाउदा प्राप्त अवसर गुमाउने समय रहेको देखिन्छ । आफन्तमा केहि समस्या आउने छ । पशु,जग्गा,पैत्तिक सम्पत्ति बाट सफलता रहनेछ । बिगतका कमजोरी लाई सुधार  गर्ने समय रहेको छ । बोल्दा बिचार गरेर बोल्नु होला । घरमा असमझदारी बढने छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आफन्तको साथ सहयोग मिल्नेछ । बिभिन्न उपहार प्राप्त रहनेछ । रोकिएका कामहरु वन्नेछन । नँया कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । कृषिमा फाईदा  रहनेछ । गरिएको कार्यको उचित फल प्राप्त रहनेछ । बिगतको कार्यको फल मिल्नेछ । आफनो दैनिक कार्यमा केहि परिवर्तन रहनेछ ।
 
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको कमजोरी माथि  अरुले आवाज उठाउने देखिन्छ । वोल्दा सावधानी रहनु होला । वोलिको फरक अर्थ लाग्नेछ । आफन्त टाढिने समय रहेको देखिन्छ । आर्थिक अभावले कार्यमा समस्या रहला । बिगतको परिश्रम बाट सफलता रहनेछ । मेहनत कम गर्नाले समस्या ल्याउन सक्छ । तपाईको मान सम्मानमा समस्या रहला ।

 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेम तथा मित्रतामा सफलता रहला । परिवारमा सम्वन्ध कार्यम रहला । स्वादिष्ठ भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठा,मान,सम्मानमा बृद्धि रहला  । तपाईमा आएको जोश जाँगरले रचनात्मक काम गर्ने समय रहेको छ । कार्यहरु समयमै  सफल रहनेछन । अग्रज व्यक्तिहरु सग भेटघाट हुने समय छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
आशा देखाउन बाट धोका रहला । आफनै कमजोरीका कारण  विवाद रहनेछ । सानो कार्यमा ठुलो प्रयास गर्नु पर्नेछ । खर्च बढि फाईदा कम मात्रामा  रहनेछ । समयमा सचेत नभएमा काममा ढिलाई रहनेछ  । अरुको सल्लाह मान्दा सफलता रहनेछ । आर्थिक अभाव महशुस हुनेछ । कार्यमा समय मिलाउन कठिन पर्ला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहनेछ  । नविन ज्ञान प्राप्त रहने समय देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ  । समय उत्सामय रहेको छ । व्यापारमा फाईदा रहला । आर्यआर्जन बढनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ । नविन जानकारी मिल्नेछ । धेरै पहिले प्रतिक्षा गरेको कार्यमा सफलता रहनेछ ।

                     
                     वास्तु ज्ञान

         नागपृष्ठ भूमिमा निवास गर्नु हुँदैन ।

जुन भुमि पूर्व पश्चिम दिशामा लाम्रो,उत्तर दक्षिण दिशामा अग्लो तथा बीचमा होचो हुन्छ भने त्यस्तो भुमिलाई नागपृष्ठ भूमि भनिन्छ । यस्तो स्थानमा निवास गर्नेलाई मृत्यको डर , जनहानि, पत्नी तथा बच्चाको हानी तथा शत्रु वृद्धि हुने डर भईरहन्छ । घर र जग्गाको ढलमा प्रत्यक्ष र तत्काल प्रभाव हुन्छ । त्यसका।ण जग्गाको चयन र घर निर्माण ढलको विशेष महत्व हुने भएकाले सदैव ढलमा ध्यान दिएर चयन एवं निर्माण गर्दा शुभ एवं श्रेष्ठफल कारक हुन्छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्