पचास हजार नक्कली नोटसहित एक जना पक्राउ

बुधबार, माघ २४, २०८०

बारा : जितपुर सिमरा उप–महानगरपालिकाबाट पचास हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जितपुरसिमरा उप–महानगरपालिकाको बजारमा बुधबार बिहान नक्कली रुपियाँको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली त्यहाँ पुगेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । 

बंगलाचुली गाउँपालिका

प्रहरी उपरीक्षक काफ्लेले अझै केही व्यक्ति सोही ठाउँमा हुनसक्ने आशङ्का भएकोले पक्राउ पर्नेको नाम ठेगाना गोप्य राखेर खोजी गर्न विशेष प्रहरी परिचालन गरिएको बताउनुभयो । 

यसअघि पनि असोज ७ गते सिम्रौनगढ नगरपालिका ९ बसवरिया टोलबाट १२ लाख नक्कली रुपियाँसहित बारागढी गाउँपालिका ५ का २३ वर्षीय बलिराम चौधरी भारत विहार मोतिहारी जिल्ला झरोखर बस्ने २७ वर्षीय सन्दीप कुमारलाई बारा प्रहरीले पक्राउ गरेको थियो । 

यसैगरी भदौ २७ गते २५ हजार नक्कली र ३९ हजार सक्कली रुपियाँसहित हजारको नोट बनाउने सय पिसको ९३ बन्डल कागजको साथमा ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्