शेयर बजार ३८.८१ अंकले बढ्यो,  ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार

बुधबार, मंसिर १२, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - हप्ताकाे थाैथाे दिन  बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.८१ अंकले बढेको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५।४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । 

बबइ गाउँपालिका

बुधबार १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । 

बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्