राजनीति

नेकपा का महासचिव विप्लव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री वलीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू
बुधबार, मंसिर १२, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ ।

बबइ गाउँपालिका

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर बालुवाटार पुगे‍का विप्लवले मंसिर १७ देखि हुने चीन भ्रमणबारे चासो राख्नु भएको छ

विप्लव र प्रकाण्ड दुवैजना नेताले प्रधानमन्त्री ओलीलाई नेपालमा अहिले भइरहेको विरोधलाई देखेर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहितका परियोजना कार्यान्वयनमा लैजाने प्रक्रियामा रोकिन नहुने सुझाएका छन् । उनीहरूले नेपालमा भएको केही विरोधका स्वरले बीआरआईलाई रोकेर राखिरहन नहुने बताएउनु भयो ।

दुवै नेताले बीआरआईसहितका चिनियाँ परियोजनालाई लिएर नेपाल भइरहेको विरोधका उद्देश्य प्रष्ट रहेको बताउँदै त्यसमा ध्यान नदिई कार्यान्वयनतर्फ अघि बढ्न भन्नु भएको छ।

उहाँहरूले ओलीलाई राष्ट्रहित हेरेर निर्णय लिन सुझाव दिनु भएको छ । भेटघाटपछि नेता प्रकाण्डले नेपालमा भइरहेको विरोधलाई देखाएर बीआरआईसहितका परियोजना अघि बढाउने कुरामा चीन गएर खुट्टा नकमाउन ओलीलाई सुझाव दिएको बताउनु भयो ।

भेटका क्रममा विप्लवले ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियामा फर्किने गरी भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था पनि स्मरण गराउनु भयो ।

शान्तिपूर्ण राजनीतिमा आउनुअघि विप्लव नेतृत्को नेकपा र तत्कालीन ओली सरकारबीच तीन बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्