सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर ११ मंसिर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ को आयोजनामा आज देखि प्रतियोगिता सुरु भएको हो ।
बंगलाचुली गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष झविन्द्र गाहामगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आज हाँसिपुर खेल मैदानमा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले खेलकुद गतिविधिले समाजमा एकाताको सन्देश दिने बताउनुभयो । यस्तै सामुहिक कार्य गरेर सफलता हाँसिल गर्न सकिन्छ भन्ने सन्देश समेत दिने बताउनुभयो । बंगलाचुलीमा खेलकुद क्षेत्रको विकासको पालिकाले लागि पर्याप्त बजेट छुट्याइएको उहाँले बताउनुभयो । बंगलाचुली गाउँपालिकाले भौतिक विकास सँगसँगै मानविय विकासलाई समेत जोड दिईएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकी हाँसिपुरका प्रमुख देविकला बुढा, खड्ग मन्दिर मावि हाँसिपुरका प्रधानाध्यापक शिशिर कुमार कार्की, बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष गिर बहादुर बाँठा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पुर्व जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा कर्मी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहित खेलप्रेमीको उल्लेख्य सहभागीता रहेको थियो ।
प्रतियोगितामा ८ वटा पुरुष र ६ वटा महिला गरि १४ वटा टिमको सहभागिता रहेको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य खुम बहादुर गाहा मगरको स्वगात मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण नारायण बिकले गर्नुभएको थियो । खेल भोलि सम्म चल्नेछ ।