राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा होलेरीमा विस्तार

सोमबार, मंसिर १०, २०८१
दंगीशरण गाउँपालिका

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमविविएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमविविएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको हो । त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नकालागि यस्तो कार्य गरिएको रजिष्ट्रार प्रा।श्याम लम्सालले बताउनुभयो ।

बबइ गाउँपालिका

जहाँ २४ सैँ घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘कम्युनिटि आउट रिच सेन्टर’कोरुपमा रहने गरी ब्यवस्थापन गर्ने भएको हो । त्यसकालागि प्रतिष्ठान र रुन्टीगढि गाँउपालिकाबीच जनशक्ती ब्यवस्थापन वारे सम्झौता भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाँउपालिका अध्यक्ष जनक पुनबीच पुस १ गतेदेखि सेवा सुरु गर्ने सम्झौता भएको हो ।

साथै होलेरीमा नै प्रतिष्ठानवाट पास गर्ने एमडिपिजिपि चिकीत्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने समेत उहाँको भनाई छ । हाल प्रतिष्ठानमा एमडिजिपिमा २ जना चिकित्सकले स्नाकोत्तर पढिरहेका छन् ।

गएको असारदेखी होलेरी अस्पतालमा एमविविएस चिकित्सकको नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने वाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्