नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज

बिहीबार, मंसिर ६, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - कर्नाटक टोलीसँगको पाँच वटा अभ्यास खेलको शृङ्खला १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले शृङ्खला जितेको हो ।

बबइ गाउँपालिका

कर्नाटकले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले नटआउट ८९ रन बनाए । यस्तै मयन यादवले ५० रन जोडे । कर्नाटकका प्रणव अश्वथले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकको टोलीले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । कर्नाटकका कप्तान रोहितले सबैभन्दा धेरै ४१ रन बनाए । नेपाली युवा टोलीका कप्तान हेमन्त धामीले ३ तथा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २र२ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी हुँदा चौथो खेल कर्नाटकले जितेको थियो । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलेको हो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्