सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
एजेन्सी - अमेरिकाले भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको आरोप लगाएको छ । अडानीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
अडानी समूह सन् २०२३ देखि नै सन्देहको घेरामा काम गरिरहेको बताइन्छ । बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोप पत्रमा ६२ वर्षीय अडानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरुलाई रकम मुक्तानी गर्ने प्रतिवद्धता जनाएको भनी उल्लेख गरिएको बीबीसीले जनाएको छ । जुन योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।
एक शीर्षस्थ कम्पनीले अडानी समूहले ठगी गरिरहेको भन्दै रिपोर्ट प्रकाशित गरेको थियो । जसको अडानीले खण्डन गरेका थिए । उनले घुसखोरीबारेको उक्त रिपोर्टलाई भ्रामक भनेका थिए, जुन महिनौंदेखि घुमिरहेको छ ।
अमेरिकी न्यायाधिवक्ता ब्रिओन पिसले भनेका छन्, ‘प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई अरबौं डलरको ठेक्काहरू सुरक्षित गर्न घुस दिनको लागि विस्तृत योजना बनाए र उनीहरूले अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट पूँजी जुटाउन खोज्दा घुसखोरीको योजनाबारे झूट बोलेका थिए ।’
उनले अगाडि थपे, ‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न र हाम्रो वित्तीय बजारको अखण्डताको मूल्यलाई थप समृद्ध बनाउन तथा लगानीकर्ताहरूलाई जोगाउन प्रतिवद्ध छ ।’ अडानीले घुस योजनालाई अगाडि बढाउन सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको समेत त्यहाँका अधिकारीहरूले जिकिर गरेका छन् । साभार रातोपाटी