सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - मंसिर कृष्णपक्ष षष्ठी तिथि तिष्य नक्षत्र नेपालमा सूर्योदय ६ः३१ सूर्यास्त ५ः८
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आफनो भन्दा अरुको कार्यको लागि समय दिनु पर्ने । कृषि क्षेत्रमा सोचे अनुसार फाईदा छैन । आफनो कुराहरु गोप्य राखेर अगाडि बढनु ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) आफन्तको ठिकै साथ र सहयोग छ । तपाईको परिश्रमको मुल्य उठनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घर परिवारको समस्या हल होला ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह) तपाईको प्रयास वाट कार्य सम्पादन हुनेछन । कुनै कार्यक्रममा सहभागि हुने समय रहेको छ । बिगतको कार्य वाट लाभमय समय रहेको छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) आत्मा बिश्वासमा वृद्धि रहनेछ । नविन कार्य शुरुवात गर्ने समय रहेको छ । मान सम्मान प्रतिष्ठा बढनेछ । स्वादिष्ट भोजनको योग रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) घर बाहिरको कार्य बाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । आफन्तमा असमझदारी रहनेछ । समयलाई चिन्न नसक्दा अप्ठेरोमा परिएला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानी रकम लगानी गर्नुपर्नेछ । अवसरहरु थुपै आउने छ । कार्यमा केहि ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय वनाउन सक्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) कामको क्रममा बिभिन्न व्यक्ति सँँग भेटघाट रहनेछ । व्यापार व्यवसाय गरेकाहरुलाई फाईदा रहनेछ । परिश्रम बाट सफलता सफलता प्राप्त रहनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये) नसोचेको कामको सफलता रहनेछ । आर्थिक लाभ रहने छ । नसोचेको व्यक्ति सँग भेट होला । तपाईको कार्य बाट धेरै मान्छेहरु प्रभावित रहने छन ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) घरेलु कार्यमा समय दिनु पर्ला । आशा बाढने व्यक्ति संग सावधान भएर अगाडि बढनु । सवारी साधन चढदा वा चलाउदा सावधानी रहनु ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) हतार गर्दा काममा बाधा रहनेछ । आम्दानीमा बृद्धि रहनेछ । यात्रा युक्त समय रहेको छ । धैर्यता र लगनशीलता बाट सफलता रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) व्यापार व्यवसाय गरेका व्यक्तिलाई फाईदा रहनेछ । समस्या लाई हल गदै अगाडि बढनु होला । बिगतमा रोकिएका कामहरु सम्पादन रहनेछन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान पक्ष बाट साथ र सहयोग रहनेछ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ । शैक्षिक जगतमा सफलता रहने छ । समयले उत्साह दिनेछ ।
वास्तु ज्ञान घरको मुख्य द्धारमा जोडि माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ । जोडि माछा लाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछा लाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्य द्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।