बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा अरुण चौधरीसहित तीनै जना रिहा

बुधबार, माघ २४, २०८०

काठमाडौं - बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाण्डौले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।

सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भएदेखि नै सरकारी जग्गा निजी स्वामित्वमा पुर्‍याउने खेल शुरु भएको थियो । २०४४ सालमा दुई पटक गरी बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा सारिएको थियो । पछि च्याम्पियन फुटवेयर लिमिटेडलाई कम्पनीमा परिवर्तन गर्दै नामै परिवर्तन गरी चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्‍याइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्