अर्थ समाचार

शेयर बजार आज ५१.११ अङ्कले घट्यो,१० अर्ब ४६ करोड रुपैयाँको कारोबार

मंगलबार, मंसिर ४, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१.११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ विन्दुमा झरेको छ ।

बबइ गाउँपालिका

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ङादी ग्रुप पावर, समृद्धि फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १० वटा कम्पनीका दुई करोड २५ लाख कित्ता शेयर १० अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४६ करोड रुपैयाँको शेयर किनबेच भयो । साभार उज्यालो अनलाइन

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्