अर्थ

सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो

मंगलबार, मंसिर ४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यस्तैगरी छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ।  सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्