आजको मौसम

कोशी र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना

मंगलबार, मंसिर ४, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बबइ गाउँपालिका

महाशाखाले  जानकारी दिए अनुसार  अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर २८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्