गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय ट्रक इजरायली सेनाले लुट्यो

मंगलबार, मंसिर ४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

 गाजामा रहेका प्यालेस्टिनी शरणार्थीका लागि मानवीय सहायता सामग्री बोकेको संयुक्त राष्ट्रसङ्घको एक सय नौवटा ट्रक लुटिएका छन् । राष्ट्रसङ्घका ट्रकहरु गाजा प्रवेश गरेपछि हिंसात्मक तरिकाले लुटिएको प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

इजरायली सेनाले चालकलाई बन्दुक देखाएर ट्रक नियन्त्रणमा लिएका हुन् । देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठवटा अन्न भण्डार हप्तौँदेखि कम क्षमतामा सञ्चालन भइरहेको बीबीसीको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार खाद्यान्नको चरम अभावका कारण धेरै भण्डार पूर्ण रूपमा बन्द भइसकेका छन् । खाद्यान्नको गम्भीर अभाव अझै विकराल हुने निश्चित रहेको भन्दै राष्ट्रसङ्घले मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्ने उल्लेख गरेको छ ।

इजरायली अधिकारीहरूले मानिसहरुको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो कानूनी दायित्वलाई बेवास्ता गरिरहेका गाजामा कार्यरत संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) को भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्