आजकाे दैनिक राशिफल

आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल

दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कुनै कामको जिम्मेवारी बहन गर्नु पर्ने देखिन्छ । सहयोगको आशा दिनेहरु बाटै बिश्वास घात हुनेछ । स्वास्थ्यमा केहि प्रतिकुलताका लक्ष्यणहरु देखा पर्ने छन । बिगतमा बाँकि रहेका कामहरु प्रयास गर्दा बन्नेछन । व्यापार व्यवसाय तथा रोजगार क्षेत्रमा ठिकै रहला । तपाईको परिश्रम बाट अरुलाई फाईदा रहने देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाई को बोलि बचनले धेरै लाई प्रभाव पार्ने समय रहेको छ । आर्थिक क्षेत्रमा लाभ रहनुका साथै सम्मानित हुने समय छ । रोकिएका कामहरु बन्नेछन । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बिशेष सभा समारोहमा सहभागि रहने समय देखिन्छ । बिगतमा गरिएका कार्य बाट  सफलता आउनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
मेहनत बाट कार्यमा सफलता रहनेछ । अग्रज व्यक्तिहरु सग भेटघाट रहने समय छ । स्वादिष्ट भोजनको समय रहेको छ । बिगतमा रोकिएका कामहरु सम्पादन हुनेछन । नयाँ कामको सोच बिचार आउने छ । अवसरहरु थुपै आउनेछन । आफन्त तथा सहयोगिको राम्रो साथ र सहयोग मिल्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा लगानी बढने समय छ । पछि फाईदा हुने कार्यमा लगानी बढाउने समय रहेको देखिन्छ । घर परिवारमा केहि असमझदारी बढने देखिन्छ । घर बाहिरका क्षेत्र बाट लाभ रहने समय देखिन्छ । यात्रा होला । आफुलाई मन पर्ने क्षेत्रमा लगानी बढाउने समय रहेको छ । तपाईको प्रयास बाट धेरै कामहरु बन्नेछन ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
भौतिक सामाग्री जोडने समय रहेको देखिन्छ । आजको दिनमा साझेदारी कार्यमा पनि सफलता रहनेछ । घर परिवारका आबश्यकता जोडने समय छ । पछि फाईदा हुने कार्यमा लगानी बढाउने समय छ । आम्दानीका बाटाहरु बढने समय छ । सोचेको कामहरु बन्ने समय छ । तपाईको कार्यको प्रंशसा हुनेछ ।

 कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको नराम्रो सोच्नेहरु बाट समस्या आउला । तपाईको कमजोरीको फाईदा अरुले लिने समय छ । अरुको बिषयमा चासो नदेखाउदा राम्रो ।
अबसरहरु थुपै आउनेछन तर अवसर लाई प्रयोगमा ल्याउन नसकिएला । अरुको लागि समय बढि दिनु पर्ने देखिन्छ । आशा देखाउने बाट धोका रहने समय छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको कामको मान्यता हुनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । आफनो रुचिका बिषयमा लगानी बढाउने समय छ । अबसरहरु थुपै आउनेछन अवसर लाई चिन्ने प्रयास गर्नुहोला । आशा गरेको क्षेत्रबाट ठिकै लाभ रहला । मेहनत बाट सफलता अबश्य रहनेछ । अग्रज व्यक्ति सग मित्रता बढने समय छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आफनो काम तथा योजना लाई गोप्य राखेर अगाडि बढनु होला । अप्ठेरोमा साथ सहयोग अबश्य मिल्नेछ । देखिएका समस्याहरु लाई समाधान गर्ने समय छ । स्वास्थ्यमा प्रतिकुलता आउला । नसोचेको कामहरु बन्नेछ । तत्काल फाईदा नभए पनि पछि फाईदा हुने कार्यमा लगानी गर्ने समय रहेको छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
कुनै पनि काम गर्दा हतारले निर्णय गर्दा जटिलता आउला । धैर्यता बाट कार्यहरु अगाडि बढउदा सफलता आउला । घर परिवारको साथ र सहयोग बाट नयाँ आशा पलाउनेछ । प्रेम तथा मित्रतामय समय छ । बोल्दा बिचार गरेर बोल्नु होला । सोचबिचार गरेर कार्यलाई अगाडि बढाउने प्रयास गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समय लाई व्यवस्थापन गर्न अप्ठेरो हुनेछ । दैनिक कार्यमा ढिलाई तथा सोच गरे अनुसार प्रतिफल गराउन समस्या आउला । नराम्रो सोच्नेहरु प्रशस्त्र हुनेछन । प्रयास तथा मेहनत बाट मात्र कार्यमा सफलता लिन सकिने देखिन्छ । कम प्रतिफल धेरै लगानी गर्ने कार्यमा बढि समय दिनु पर्ने देखिन्छ

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
नयाँ समाचारले कार्यमा सफलता रहनेछ । व्यापार व्यवसाय तथा रोजगार गरेका लाई समय अनुकल रहनेछ । सन्तान पक्षको साथ र सहयोग रहनेछ । बिगतमा रोकिएका कार्यहरु बन्नेछन । कृषिमा ठिकै छ । अध्ययन अध्यापनमा सफलता रहनेछ । प्रयास बाट धेरै कामहरु सम्पादन गर्ने समय रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको नराम्रो सोच्नेहरु बाट समस्या आउनेछ । घर परिवार तथा आमा बवाको साथ र सहयोग बाट कार्यमा सफलता रहनेछ । नबिन सोच बिचार आउने समय छ । पहिले टाढिएका आफन्त सग भेटघाट हुनेछ । बिगतका कमीकमजोरी लाई सुधार गर्ने समय छ । जग्गा,जमिन कृषि बाट लाभ रहनेछ ।
                    
                    
 

वास्तु ज्ञान - प्रबन्धक तथा मालिकको कार्य कक्षलाई दक्षिण पश्चिम कुनामा बनाउनु पर्छ ।एउटा कमर्सियल कम्प्लेक्सको भवनमा प्रबन्धक तथा मालिकले आफनो कार्यालयकक्षलाई दक्षिण पश्चिम कुनामा बनाउनु पर्छ । आफनो कार्यकक्षमा उनीहरुले पूर्व वा उत्तरतिर फर्केर बस्नु पर्छ । कार्यकक्षको ढोका उत्तर पूर्व वा उत्तरी वा पूर्वी भित्तामा हुनु पर्छ । तर उत्तर पश्चिम वा दक्षिण पूर्वी कुनामा कहिल्यै पनि हुनु हुँदैन ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्