दाङको तुलसीपुरमा मोटरसाईकल हुँदा तीन जना घाइते

बुधबार, माघ २४, २०८०

दाङ - दाङको तुलसीपुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बंगलाचुली गाउँपालिका

तुलसीपुरबाट पर्सेनीतर्फ जादै गरेको रा ६ प ८४८ नम्बरको मोटरसाईकलले तुलसीपुर(६ का ६० वर्षिय मंगल चौधरीलाई तुलसीपुर(६ हात्तीखौवामा मंगलबार आज राती ८ बजेतिर ठक्कर दिएको हो ।
 
चौधरीलाई ठक्कर दिएपछि मोटरसाईलमा सवार दुई जना पनि घाईते भएका छन् । पैदलयात्री चौधरीसहित मोटरसाईकल चालक तुलसीपुर(६ का २६ वर्षिय सुनिल पन्थी र मोटरसाईकलमा पछाडि सवार तुलसीपुर(७ का २५ वर्षिय विशाल पुनमगर पनि घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ । चौधरीको अवस्था गम्भीर रहेको छ । यस्तै विशाल पुन मगरको टाउको र पन्थीको दुवै हात र खुट्टामा चोट लागेको छ । चोधरी र पुनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने मोटरसाईकल चालक पन्थीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्