जान्छौ र ? पाँच हजारको पासपोर्टमाथि पाँच लाख जिम्मेवारी बोकी !

शनिबार, मंसिर १, २०८१
दंगीशरण गाउँपालिका

जान्छौ र ?
पाँच हजारको पासपोर्टमाथि पाँच लाख जिम्मेवारी बोकी हिँडेका तिमी बीचमै अलपत्र पर्ने त होइनौ नि? अहिले त्यो बिरानो ठाउँमा जान पाइला सारेका तिमी पछि फर्कँदा पाहुना बनेर आउने त होइनौ नि? अनि कयौ सपना सजाएका ती बाआमालाई चटक्कै बिर्सी उतै घर सजाउने त होइनौ नि?

बबइ गाउँपालिका

के तिमीले सानैमा देख्दै आएका सपना पूरा गर्यौ त? कहाँ गर्यौ? अनि कहिले? तिम्रो सपना पूरा गर्ने औकात त १२ पास गर्नासाथ त्यो पासपोर्टले देखाइहाल्यो नि तिमी को हौ र कुन देशको नागरिक हौ भनी चिनाइहाल्यो नि आखिरी नेपाल नै त हो। सोच्यौ होला जागिर छैन अनि काम पाइँदैन। तिमी मात्र कहाँ हो र सरकारको प्रतिनिधि भएर सेमिनार सभा सम्मेलनमा भाग लिन विदेश गएका समेत सम्मेलनबाट भागेर उतै अलप हुन्छन्। यस्ता देशभक्त भनि चिनिएका प्रतिनिधिहरू को त यस्तो चाल तिमी त साधारण व्यक्ति हौ। तिमीलाई पनि कहाँ मन थियो होला र?देखेका ती सपनाहरू बीचमै छोड्न अनि मातृभूमि छोरी बिरानो देश जान कसलाई रहर हुन्छ होला र आखिरी सबै नेपाली जनतासरी तिमीलाई पनि विदेश मोह लागेकै त हो ।

नेपालमा समय खर्चिनु हुन्न भनी सोच आएकै त हो । अनि अन्त्यमा थुनिदियौ ती तिम्रा सपनालाई अनि उड्न बाध्य भयौ त्यो समस्या नै समस्या भएको त्यो निलो आकाशमा ठेगान छैन पुग्छौ या पुग्दैनौ त्यही नै आस कामको चाहे जस्तोसुकै होस् काम त चाहियो। या त पोसा लाउने होस् या त ५२ डिग्री सेल्सियस भएकाे ठाउँमा मा मर्नु र बाँच्नु शरी ब्याल्च तान्ने नै किन नहोस् विदेश जाने अनि अरुको चाकरी गर्ने यही नै सोच बनायौ।

आखिरी यिनै काम गर्नु छ भने पोछा लाउने ठाउँ हाम्रो देशमा छैन र ?अनि कयौं दिगो विकासका आयोजनामा ब्याल्च उठाई काम गर्न सक्दैनौ र? किन किन जानुपर्यो त्यो बिरानो ठाउँ अनि किन

छोड्नु पर्यो हो स्वर्ग हो शरी देश?
कार्यविशेषका लागि केही समयका लागि विदेश जानु आफैमा नराम्रो होइन तर आफ्नै देशमा कयौं रोजगारीको अवसर छोडी अरुको देश सजाउन जान्छौं अनि आएर देशभक्त बन्छौ भने त्यो आफैमा लज्जास्पद कुरा हो।

जान त तय  पारिहाल्यौ यात्रा अब नजाऊ भनु नि कसरी अनि फर्कन्छौ भनी मनोबल राखु नि कसरी जो जान्छ फर्केर आउँदैन।
                                             

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्