सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन भइरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २० हलबाट उतार्ने घोषणा निर्माण पक्षले घोषणा गरेको छ ।
मोफसलका हलहरूले निर्माण पक्षलाई फिल्म प्रदर्शनबापत सङ्कलित रकमबारे जानकारी गराए पनि त्यसमा असहमति जनाउँदै निर्माता सेभेन सीज इन्टरटेन्मेन्टले शनिबारदेखि नै ती हलबाट चलचित्र उतार्ने जनाएको हो ।
बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको विना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दीवास हल, मोरङको विराटचोक हल, इनरुवाको सी।वी। हल, बरहथवाको दीपक हल, द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेष्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली हल, इलामको इलाम हल, महेन्द्रनगरको लभ कुश हल, त्रीमुर्ति हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलबाट फिल्म निकालिने सेभेन सीज इन्टरटेन्मेन्टले जानकारी दिएको हो ।
फिल्म निकाल्दा पर्ने असुविधाप्रति क्षमा माग्दै कम्पनीले दर्शकहरूलाई नजिकैको अर्को हलमा गएर चलचित्र हेरिदिन आग्रह पनि गरेको छ ।