सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको
यही मङ्सिर ७ गते काठमाडौंमा गर्न लागिएको जागरण सभाबारे एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा राखेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताउनुभयो।
उहाँले जनतालाई आशावादी बनाउन समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको पनि बताउनुभयो।
जनता असन्तुष्ट छन् भनेर गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी पनि दिनुभयो ।
‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् । उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौँ’, उनले भने ।
पोखरेलले जनताको बिचमा जाने कुरा रक्षात्मक नहुने उहाँले बताउनुभयो । राजनीतिक दल सधैँभरि जनताको बीचमै जानु पर्ने उहाँले बताउनुभयो । त्यही धारणाअनुसार जनताको बीचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताउनुभयो।
एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ ।
पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताबीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभा आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।