नेपाल प्रिमियर लिग

एनपीएल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ - पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिनुभयो ।नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भए पनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।

यस्तैगरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्