गाजा अस्पतालबाट आठ हजार विस्थापितको उद्धार गरेको रेडक्रसको दाबी

बुधबार, माघ २४, २०८०

काठमाडौं - गाजाको प्रमुख दक्षिणी शहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट रेडक्रसले करिब आठ हजार विस्थापितको उद्धार गरेको छ। 

बंगलाचुली गाउँपालिका

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासोडेला लोङ्गाले मंगलबार सञ्चारकर्मीसँग गाजापट्टीमा मानवीय स्थिति भयावह रहेको बताए। उनले प्यालेस्टिनी रेड क्रिसेन्ट ९पीआरसीएस० ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरेको आईसीआरसीलाई जानकारी गराएको जानकारी दिए। 

‘खान युनिसमा हाम्रो प्यालेस्टिनी रेड क्रिसेन्ट अस्पतालमा शरण खोज्ने आठ हजार आन्तरिकरूपमा विस्थापित मानिसले हिजो अस्पताल छाडेका छन्’, उनले भने। उनका अनुसार अल–अमल अस्पताल दुई साताभन्दा लामो समयदेखि व्यापक गोलीबारीले घेरिएको थियो। 

करिब एक सय कर्मचारी र स्वयंसेवकसँग करिब एक सय वृद्ध, घाइते र अशक्त बिरामी त्यहाँ रहेको आईसीआरसीले बताएको छ। डेला लोंगाले निष्कासनअघि अल–अमल अस्पतालले औषधी, खाना र पानीको चरम अभावलगायत धेरै चुनौतीको सामना गर्नुपरेको बताए। ‘एसोसिएसनको अल–अमल अस्पताल वरपर लगातार हिंसात्मक बमबारी र गोलीबारी जारी छ’, पीआरसीएसले भनेको छ। 

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको नासिर अस्पतालमा पनि अवस्था चिन्ताजनक छ। मन्त्रालयका प्रवक्ता असरफ अल कुद्राले भने, ‘इजराइली कब्जाले नासिर मेडिकल कम्प्लेक्समा आफ्नो घेराबन्दी बलियो बनाइरहेको छ र यसको परिधिलाई तीव्ररूपमा लक्षित गरिरहेको छ।’

उनले कम्प्लेक्समा चार सय ५० घाइते, तीन सय चिकित्सा कर्मचारी र १० हजार विस्थापितले एनेस्थिटिक्स र औषधिको ‘चरम अभाव’ को सामना गरिरहेको बताउनुभयो। ‘इन्धनको कमीका कारण नासिर मेडिकल कम्प्लेक्समा जेनेरेटर चार दिनभित्र बन्द हुनेछन्’, उनले भने। इजराइली सेनाले एम्बुलेन्सको आवागमन रोकेको आरोप उनले लगाए।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्