एसियन कप : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

बुधबार, माघ २४, २०८०

काठमाडौं - एसियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन  फाइनलमा प्रवेश गरेको छ ।

बंगलाचुली गाउँपालिका

कतारमा जारी प्रतियोगितामा हिजो भएको पहिलो सेमिफाइनलमा जोर्डनले  दक्षिण कोरियालाई  २–० ले हराएर फाइनल प्रवेश गरेको हो ।

जोर्डनका लागि याजान अल नैमात र अल तमारीले एक-एक गोल गरेका थिए । क्वाटरफाइनलमा जोर्डनले ताजकिस्तानलाई र दक्षिण कोरियाले अस्ट्रेलियालाई हराएको थियो ।

जोर्डनले अब फाइनलमा आज कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्