आज राशिफल

आज २०८१ साल कात्तिक २९ गते बिहीबारको राशिफल

बिहीबार, कात्तिक २९, २०८१
दंगीशरण गाउँपालिका

दाङ : आज २०८१ साल कात्तिक २९ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर १४ तारिख। कात्तिक शुक्ल पक्षको त्रयोदशी उपरान्त चर्तुदर्शी तिथि। बैकुण्ठ चतुदर्शी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नयाँ कामको शुरुवात छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । आत्मा विश्वासमा वृद्धि रहनेछ । घर परिवारको जमघटमा समय वित्ने देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
बन्नै लागेको काममा वाधा रहनेछ । घराँयसी खर्चमा बृद्धि रहनेछ  । बाहिरी कार्य वाट लाभ  रहनेछ । समय लाई चिनेर अगाडि बढनु उपयुक्त होला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
केहि समय पहिले रोकिएका कामहरु वन्नेछन । आयआर्जनमा सफलता रहनेछ । व्यापार व्यवसाय गर्नेहरुका लागि ठिकै समय रहेको देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यापार व्यवसाय गर्नेहरुको लागि समय ठिकै रहला । रुचिको काममा समय दिनु पर्ने देखिन्छ । कामको क्रममा बिभिन्न व्यक्तिहरु सँग भेटघाट बढनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सामाजिक काममा मन जानेछ । सेवा भावमा मन जानेछ । कार्यहरु समयमै पुरा नहने देखिन्छ । धार्मिक एवम परोपकारी काममा लाग्ने समय देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला  । काम बिग्रिने सम्भावना रहेको हुँदा सावधानि पूर्ण तरिकाले अगाडि बढनु होला । कार्यमा वाधा  रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सोचे अनुसार कार्यमा सफलता नरहन सक्छ । आफन्तमा असमझदारी हुन सक्छ । खर्चमा बृद्धि रहनेछ । बोल्दा बिचार गरेर अगाडि बढनु होला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समस्या लाई हल गदै अगाडि बढनु होला । आन्तरिक कार्यलाई गोप्य राख्नु होला । प्रतिस्पर्धामा सफलता छ । रोकिएका कामहरु बन्ने देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
भौतिक सामागी्रको अभाव हनेछ । समयलाई बझेर अगाडि बढनु होला । परिस्थिति सँग जुधेर अगाडि बढनु होला । अरुको लागि  समय खचिनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अरुको काममा वढि समय दिनु पर्ने । समय केहि प्रतिकुल रहनेछ । साझेदारी कार्यमा समस्या रहनेछ । आफनो कामलाई गोप्य राख्नु होला  ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
गरिएको कार्यको पूर्ण सफलता  रहनेछ । उधोग व्यापार व्यवसाय गरेकालाई सफलता छ । कार्यमा साथ र सहयोग गर्नेहरु प्रशस्त्र भेटिनेछन । दैनिक कार्य ठिकै छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कार्य गर्ने शैलि नमिल्दा समस्या रहनेछ । बिगतको कार्य बाट सामान्य लाभ  रहनेछ  । केहि बादविाद पर्ने हुँदा सावधान भएर अगाडि बढनु होला ।
                 
                    
 

वास्तु ज्ञान : पूर्वदिशामा द्धार भएका घरहरु शुभ मानिन्छ । पूर्वदिशामा द्धार भएका घरमा सूर्यको प्रभाव अधिक पर्दछ । पूर्वदिशाको स्वामी सूर्य हो । प्रकाश छर्न र अन्धकार नाश गर्नु सूर्यको स्वभाव हो । यस्तो घरमा बस्ने सबै व्यक्तिलाई ज्ञान,गुणले समृद्धि प्राप्त गर्न पूर्वद्धार उत्तम मानिएको छ । यस्तो द्धार भएको घरमा बस्ने व्यक्तिको रुचि चखिलो खाना हुन्छ । तीतो,टर्रो खानामा त्यति रुचि रहदैन ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्