सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ८३ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सप्तकोशी विकास बैंक, शृजनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय आठ वटा कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३३ करोडको शेयर किनबेच भयो ।