सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा र छ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिएको छ ।
उहाँका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्धारित कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।
अब कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन हुने उहाँको भनाइ छ ।