सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिनुभयो । सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले बिजुली काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय नमाने सरकार कडा रूपमा प्रस्तुत हुने सङ्केत गर्नुभयो ।
‘राजस्व र विद्युत् महसुलको बक्यौता पनि उठ्नुपर्छ । सरकारको यो निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारुकता देखाउनुपर्छ’, उनले भने, ‘नेपाल सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन ।’ साभार राताेपाटी